३१५ जना सङ्क्रमित थपिए, ३०४ जना निको – Kanika Khabar
Friday, April 26Nepali News Portal

३१५ जना सङ्क्रमित थपिए, ३०४ जना निको

    मा प्रकाशित

मंसिर २१, दाङ ।
नेपालमा थप ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ८ सय १० जनाको नमूना परीक्षण गर्दा ३ सय १५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ सय ४ जना सङ्क्रमित निको हुँदा दुई जनाको भने मृत्यु भएको छ । अझै पनि ६ हजार ३ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये ६ हजार १३ जना होम आइसोलेशनमा र ३ सय ३९ जना संस्थागत आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्