देशभर थप २ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ सय २९ जना स्वस्थ – Kanika Khabar
Friday, April 26Nepali News Portal

देशभर थप २ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ सय २९ जना स्वस्थ

    मा प्रकाशित

मंसिर २३, दाङ ।
नेपालमा थप २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ९ हजार ४ सय ५१ कोरोना परीक्षण गरिएको छ ।

 

जसमा ८ हजार १८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ सय ९७ जना र १ हजार ४ सय ३३ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २३ हजार ५ सय ५४ र एन्टिजेट विधिबाट ९५ हजार ७ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

 

यस्तै गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप ३ सय २९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ लाख ५ हजार ९ सय पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ३ लाख ३७ हजार १ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार १ सय ५ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्