शेखरको नेतृत्वमा रिजाल र थापा महामन्त्री – Kanika Khabar
Friday, April 26Nepali News Portal

शेखरको नेतृत्वमा रिजाल र थापा महामन्त्री

    मा प्रकाशित

कनिका डेस्क
मंसिर २५, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापतिका उम्मेदवारमा शेखर कोइराला अगाडि सरेका छन् । कोइरालाको टिमबाट डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ । विश्वप्रकाश शर्मालाई महामन्त्रीमा ल्याउने प्रयास पनि भएको थियो । शर्मालाई महामन्त्रीमा ल्याएर रिजाललाई उपसभापतिमा लैजाने गृहकार्य पनि भएको थियो । तर, शर्मा महामन्त्रीको रेसबाट बाहिरिएपछि डा. रिजाल नै महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

अरु पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाउने काम भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्