दाङका दिपक गिरी केन्द्रीय सदस्यको रेसमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङका दिपक गिरी केन्द्रीय सदस्यको रेसमा

    मा प्रकाशित

काठमाडौं, २६ मंसिर ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा कांग्रेस नेता दीपक गिरी ‘हारजित’को ठूलो प्रतिस्पर्धामा थिए। एकातिर संस्थापन पक्षको नेतृत्व बालकृष्ण खाँणले गरिरहेका थिए भने अर्को तर्फ संस्थापन इतर समूहलाइ जीताउने जिम्मेवारी उनै गिरीको काँधमा थियो । संस्थापन इतर समुहले उनीसहित चन्द्र भण्डारीहरुलाइ जिम्मा दिएको थियो ।

यो महाधिवेशनमा उम्मेदवार ‘अन्य’ भएपनि लडाइँ भने उनै गिरी र खाँण बीचमै थियो । एउटै प्रदेशका उनीहरु बिच प्रदेशको ‘नेता’ बन्ने प्रतिस्पर्धा त्यो महाधिवेशनले गराइदिएको थियो । प्रदेशको नेता बन्ने रेसमा खाँणसँग ‘शक्ति’ संघर्ष गरेका गिरीले उक्त महाधिवेशन देखि आफूलाई प्रदेशको ‘हिरो’ सावित गरिदिए । एक उपाध्यक्ष बाहेक अन्य सबै पदमा संस्थापन इतरको जित दिलाएका गिरी एक कुशल ‘संगठन निर्माणकर्ता’ बनेर उभिएका छन् ।

गिरीसंगको त्यहि प्रतिस्पर्धाकै कारण गृहमन्त्री समेत रहेका खाँण कांग्रेस राजीतिमा पछि पर्ने लख काटिएको मात्रै छैन, त्यो संकेत अहिले जारी १४ औँ महाधिवेशनले समेत देखाइसकेको पनि छ । यो महाधिवेशनमा महामन्त्री पदका दाबेदार खाँण यो पदको उम्मेदवार बन्न देउवाको समूहबाट अटेनन् । यसको एउटा कारण प्रदेशको ‘हार’ पनि रहेको विश्लेषण भैरहेको छ ।

प्रदेश महाधिवेशनमा देउवा समूहलाई हारको नमिठो स्वाद चखाएका गिरी पुनः केन्द्रीय समितिमा आफ्नो उपस्थिती खोजिरहेका छन् । गिरीले यो महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् । उनी १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमै निर्वाचित भएका थिए ।

सिँचाइ मन्त्री बनेर सरकारमा प्रतिनिधित्व समेत जनाइसकेका गिरीमाथि अहिले सिंगो प्रदेश सँगै दाङ कांग्रेसको बिरासत हाँक्ने जिम्मा छ। नेता खुमबहादुर खड्काको निधन पछि उनै गिरीलाई जिल्ला कांग्रेसको नेतृत्व हाँक्ने अभिभारा छ। उनले यो भुमिका निर्वाह गरिरहेका छन् ।

ठोस तर सहि निर्णयबाट कांग्रेस चल्नु पर्छ भन्ने मान्यता राख्ने गिरी हक्कि स्वभावका नेता हुन् । ‘बोल्ड’ निर्णय गर्नका लागि ‘बोल्ड एक्सन’ थाल्ने गिरी पूर्वसांसद समेत हुन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्