कांग्रेस उपसभापतिको मतगणना साँझ ५ बजेदेखि – Kanika Khabar
Friday, April 26Nepali News Portal

कांग्रेस उपसभापतिको मतगणना साँझ ५ बजेदेखि

    मा प्रकाशित

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुनेभएको  छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बेलुका ५ बजेपछि उपसभापतिको मतगणना गर्ने सहमति गरेको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताए ।

यसअघि समिति आजै मतगणना गर्ने कि भोली बिहानदेखि सुरुगर्ने अन्यौलमा थियो । उपसभापतिको मतगणना पार्टी कार्यालय सानेपामा हुने छ । अहिले मतगणनाको तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । भोली महामन्त्रीको मतगणना सुरुगर्ने समितिले जनाएको भनाइ छ । समितिले राति दस बजेसम्म उपसभापतिको मत परिणाम आउने बताएको छ ।

भोली महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने सचिव रिजालले जानकारी दिए  । गत सोमबार उपसभापति लगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो । सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्