सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् ।पाँचौं चरणको खेल अन्तर्गत आजको दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा र एक खेल पोखरमा हुनेछ । दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । च्यासल ४ खेलमा ४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ भने जावलाखेल १ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ । आजै हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल अपरान्ह ४ः४५ मा सुरु हुनेछ ।थ्री स्टार ४ खेलमा ५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ भने एनआरटी समान ५ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । यस्तै आजको तेस्रो खेल पोखरा रङ्गशालामा हुनेछ । पोखरामा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ४ खेलमा १० प्रतिस्पर्धा जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।पुलिस ४ खेलमा ५ प्रतिस्पर्धा जोडेर आठौं स्थानमा रहेको छ । पुलिस आर्मीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्