देशभर चिसो बढ्यो : स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूको सुझाव – Kanika Khabar
Friday, April 26Nepali News Portal

देशभर चिसो बढ्यो : स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूको सुझाव

    मा प्रकाशित

पुस ३, दाङ ।
काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । पुस लागेसँगै घाम कम लाग्ने तथा लागेपनि मधुरो लाग्ने हुँदा चिसो थप बढेको छ । यो पुस महिनाभरि चिसो अत्याधिक बढ्ने मौसमविद्हरूले बताएका छन् ।

आज काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको यो तापक्रम यस वर्षकै कम हो । यसअघि हिजो काठमाडौं उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री रहेको थियो ।

हिमाली, पहाडी तथा तराईका जिल्ला सबै तिर मौसममा बदली आइ चिसो बढ्ने मौसमविदले जनाएका छन् । चिसो समयमा बालबालिका तथा जेष्ठ नागरिकहरूको स्वास्थ्यमा असर पर्ने भएकाले बिशेष ख्याल गर्न चिकित्सकहरूले अनुरोध गरेका छन् । यो समयमा दम, मुटु तथा फोक्सो सम्बन्धि समस्या भएका दीर्घ रोगीहरूलाइ झन् धेरै अफ्ठेरो पर्ने भएकाले उनीहरूको बिशेष ख्याल गर्न चिकित्सकहरूको सल्लाह रहेको छ ।

जाडोको यो समयमा सकेसम्म न्यानो कपडा लगाउन, बिहान तथा साँझमा काम नपरेसम्म सकेसम्म घरबाट बाहिर नहिड्न तथा तातो र झोलिलो खानेकुराहरू खान पनि डाक्टरहरूको सुझाब रहेको छ ।

चिसो खानेकुराहरू खाँदा शरिर तताउन र आवश्यक पौष्टिक तत्व प्राप्त गर्न नसकिने भएकाले तातो र झोलिलो खानेकुरा खान डाक्टरहरूले सुझाब दिने गरेका छन् । घर भित्र पनि आगो, कोइला तथा हिटर बालेर बस्दा न्यानो र तातो हुने भएपनि आगो , हिटर र कोइला बाल्दा हुन सक्ने खतराको बारेमा सावधान रहन पनि डाक्टरहरूको सुझाब रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्