ओमिक्रोनको फैलावट रोक्न इजरायलले लगायो अमेरिका सहित ९ देशलाई यात्रा प्रतिबन्ध – Kanika Khabar
Friday, April 26Nepali News Portal

ओमिक्रोनको फैलावट रोक्न इजरायलले लगायो अमेरिका सहित ९ देशलाई यात्रा प्रतिबन्ध

    मा प्रकाशित

इजरायलले कोरोना भाइरसको नयाँ प्रजाती ओमिक्रोन फैलने चिन्ता रहेको भन्दै अमेरिकालाइ पनि यात्रा प्रतिबन्ध गरेको छ । इजरायलले यसअघि नै अन्य केही देशहरूलाइ यात्रामा प्रतिवन्ध लगाइसकेको अवस्थामा अब अमेरिकालाइ पनि प्रतिबन्ध लगाएको अलजजिराले लेखेको छ ।

 

स्वास्थ्य मन्त्रालयको सिफारिसमा आज इजरायली सरकारका मन्त्रीहरूले संयुक्त राज्य अमेरिका, इटाली, बेल्जियम, जर्मनी, हंगेरी, मोरक्को, पोर्चुगल, क्यानडा, स्विजरल्याण्ड र टर्कीलाई नो फ्लाई रोस्टरमा राख्ने निर्णय गरेका हुन् । अब ति देशहरूबाट इजरायलमा जहाज चल्ने छैन । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विशेषज्ञले नयाँ लहरले अस्पतालको क्षमतालाई तनाव दिन सक्ने चेतावनी दिइसकेका छन् ।

 

कोरोनाको पाँचै लहर नफैलियोस् भनेर सचेत रहन तथा आउदै गरेको क्रिसमस पनि सचेतनाका साथ मनाउन अमेरिक तथा युरोपेली देशहरूले नागरिकलाइ अनुरोध गर्दै आइरहेका छन् । ओमिक्रोन फैलने बिषयले विश्वभरका देशहरू चिन्तामा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्