डिभिजन लिगमा एपीएफको जित – Kanika Khabar
Thursday, May 2Nepali News Portal

डिभिजन लिगमा एपीएफको जित

    मा प्रकाशित

विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।

 

एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गर्नुभयो भने बिकी तामाङले एक गोल गर्नुभयो । फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काउनुभएको थियो । जितसँगै एपीएफले ५ खेलमा ४ अङ्क जोडेको छ । एपीएफ ११ औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले ५ खेलमा २ अंक जोडेको छ । फ्रेन्ड्स भने पुछारमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्