राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

    मा प्रकाशित

पुस ११, दाङ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा १२ दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नेपाली काँग्रेस राष्ट्रिय जनमोर्चा पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएको बताउनुभयो ।

 

आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ । आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रियसभाको निर्वाचन हुन लागेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्