‘ए’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदै – Kanika Khabar
Thursday, May 2Nepali News Portal

‘ए’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा सङ्कटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सङ्कटा र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । सङ्कटा ५ खेलमा ९ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । ब्रिगेड ५ खेलमा ५ अङ्क जोडेर १० औं स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र आर्मीबीचको खेल ४ ः ४५ बजे सुरु हुनेछ । आर्मी ५ खेलमा ९अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । थ्री स्टारलाई हराएर आज आर्मी शीर्ष दुई टोलीलाई दबाब राख्न चाहन्छ । थ्री स्टार ५ खेलमा ६ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्