एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र श्रीलङ्का खेल्दै – Kanika Khabar
Thursday, May 2Nepali News Portal

एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र श्रीलङ्का खेल्दै

    मा प्रकाशित

एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित सारजाह क्रिकेट मैदानमा हुने नेपाल र श्रीलङ्काबीचको खेल बिहान ११ : ५५ मा सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो । नेपाल अङ्कबिहीन रहँदै समूह ‘बी’ को पुछारमा रहेको छ । श्रीलङ्का भने २ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्