एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलमा नेपालको दुबै टोली भिड्दै – Kanika Khabar
Thursday, May 2Nepali News Portal

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलमा नेपालको दुबै टोली भिड्दै

    मा प्रकाशित

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज नेपालको महिला र पुरुष दुबै टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपालको महिला टोलीले आज उज्वेकिस्तानको सामना गर्नेछ ।

 

नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ :१५ बजे सुरु हुनेछ । नेपालको महिला टोली आज लगातार चौंथो जितको खोजीमा हुनेछ । यस्तै पुरुष टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल दिउसो ३ः४५ बजे सुरु हुनेछ । नेपालको पुरुष टोली आज दोस्रो जितको खोजीमा हुनेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्