सकसमा ‘प्रचण्ड’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

सकसमा ‘प्रचण्ड’

    मा प्रकाशित

 

काठमाडौं,१८ पुस । नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन आठौं दिन अपुरो कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । गत आइतबारदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा आज अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम बाचन गरेसँगै सकिएको हो ।

बन्दसत्रमा अध्यक्ष दाहालले नाम उच्चारण गरेसँगै ताली बजेको थियो । महाधिवेशन उद्घाटन एकदिन मात्रै अघि राष्ट्रिय सम्मेलनबाट आठौं महाधिवेशनमा रुपान्तरण भएको माओवादी केन्द्रमा नेतृत्व चयन प्रक्रिया जटिल बन्ने देखिएको छ ।

केन्द्रीय सदस्यको टुंगो लागे पदाधिकारी चयन प्रक्रिया सुरु हुने छ । भोलि बस्ने केन्द्रीय समिति बैठकले बाँकी ६३ जनाको नाम अनुमोदन गर्ने माओवादी निर्वाचन आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले बताए । भोलीको बैठकले पदाधिकारी पनि टुंग्याउने नेताहरुले बताएका छन् । तर, यति सजिलै माओवादीले पदाधिकारी टुंग्याउन सक्ने संभावना भने छैन ।

खासमा भन्नु पर्दा माओवादी केन्द्रको आठौं महाधिवेनमा अध्यक्ष प्रचण्ड निर्विकल्प बन्न खोज्दा पदाधिकारी व्यवस्थापन असहज बन्दै गएको हो । आठौं महाधिवेशनको पहिलो दिनको बन्दसत्रमा अध्यक्ष दाहालले ४५ पृष्ठ लामो राजनीतिक दस्तावेजन सभामा राखे । त्यसमाथि छलफल गर्न २५ समूह बनाइयो ।

उनको दस्तावेजमै नेताहरुले दुई दिन लगाएर छलफल गरे । छलफलबाट आएको निश्कर्ष प्रस्तुत गर्नै टोली नेतालाई दुईदिन नै लाग्यो । पुस ११ देखि १५ गतेसम्म आठौं महाधिवेशनको तालिका बनाएको माओवादी केन्द्रमा छलफलका विषय लम्बिदै जादा आठौं दिनसम्म आईपुग्दा केन्द्रको नेतृत्वको टुंगो लाग्न सकिरहेको छैन ।

आफुलाई सर्वसम्मत बनाउने उनले आफ्नो दस्तावेजमा आत्मालोचना बाहेक नयाँ केहि गर्न सकेका छैनन्  । उनले देशका हरेक उपलब्धिमा आफ्नो सहभागिता रहे पनि त्यसलाई सदुपयोग गर्न नसकेको, सांगठनिक रुपमा कमजोर भएको जस्ता अनेकौं उदाहरण प्रस्तुत गर्दै आत्मसमिक्षा गरेका छन् ।

राजनीतिक दलमा पुस्तान्तरणको बहश चल्दै गर्दा करिब तीन दशकसम्म पार्टीको बागडोर सम्हाल्ने अवसर पाएका अध्यक्ष दाहाललाई आठौं महाधिवेशनबाट सर्वसम्मत हुने पक्का छ । तर, आफ्नोे बाटो सोझो बनाउँदै गर्दा दाहालले अन्यको बाटो भने असहज बनाएको कतिपय नेताहरुको भनाई छ । आफ्नो निर्विकल्प बनाएका दाहाललाई पदाधिकारी ट्याङग्यान चुनौति बढेको छ । आइतबारको बन्दसत्रमा केन्द्रीय सदस्यको नाम वाचन गर्दै गर्दा कतिले ताली बजाए भने कतिले बाहिर निस्किए कुण्ठा पोखे।

नेकपा एमालेसँग एकता भएपछि ठुलो कम्यूनिष्ठ पार्टीको शीर्ष नेतृत्वमा पुगेका प्रचण्ड अन्ततः सर्वाेच्च अदालतको फैसलासँगै पुनः माओवादी केन्द्रमै फर्किए । दुई कम्युनिष्ठबीचको एकता पद र प्रतिष्ठाका लागि मात्रै सिमित बन्यो ।

एउटै पार्टीभित्र दुई अध्यक्षको नेतृत्व त्यति फलिफाप देखिएन । एकतादेखिनै आन्तरिक मनमुटावकाबीचमा चलेको नेतृत्व अन्त्यमा ‘नाटकै’ हो, ‘नौटङकी’ नै हो भन्नेमा आएर टुंगीयो । यति सम्मकी एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पानी बाराबारकोसम्मको स्थीति आईपुग्यो  ।

त्यसले अध्यक्ष ओलीलाई त फाईदा भयो, तर अध्यक्ष दाहाललाई भने घाटा भयो, सँगै युुद्ध गरेका पार्टीका प्रभावशाली नेता राम बहादुर थापा बादल एमालेमै रहे । उनका विश्वासका पात्र प्रभु साह, टोप बहादुर रायमाझी उतै एमालेमै बसे। आठौं महाधिवेशनले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै गर्दा पार्टीमा आन्तरिक कलह बढ्ने देखिएको छ । अध्यक्ष प्रचण्डले नेतृत्व व्यवस्थापन गर्न नसके त्यसको प्रभाव आगामी चुनाममा देखिने आकलन सुरु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्