अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कारवाही गर्ने सरकारको तयारी – Kanika Khabar
Friday, April 26Nepali News Portal

अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कारवाही गर्ने सरकारको तयारी

    मा प्रकाशित

पुस २१, काठमाडौँ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कारवाही गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

कलेजहरूले अतिरिक्त शुल्क नबुझाए पठनपाठन समेत गर्न नदिनेसम्मको धम्की दिने गरेको गुनासो विद्यार्थीहरूले गरेपछि मन्त्री पौडेलले कारवाही गर्न लागेको बताउनुभयो ।

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिएको जानकारी आएको भन्दै उहाँले तोकिएको भन्दा बढि शुल्क लिएको प्रमाणित भए कारवाही गर्ने बताउनुभएको हो ।

यसअघि गृह मन्त्रालयले पनि अतिरिक्त शुल्क माग्ने कलेजहरूलाई कारवाही गर्न निर्देशन दिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्