काङ्ग्रेसमा प्रवेशको लहर : आज एकै दिन दाङमा २४६ जना प्रवेश – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेसमा प्रवेशको लहर : आज एकै दिन दाङमा २४६ जना प्रवेश

    मा प्रकाशित

दाङ, २४ पुस ।
दाङमा विभिन्न पार्टी परित्याग गरी १ सय ३६ युवाहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको घोराही उपमहानगरपालिकाका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

आज शनिवार नेपाली कांग्रेस दाङले एक कार्यक्रमको आयोजना गरी युवाहरुलाई सदस्यता प्रदान गरेको छ । युवाहरु त्रिभुवन बर्तौला, त्रिशक्ती बर्तौला, संजोग श्रेष्ठ, अनिल सन्त्याल, चेतलाल कुँवर र कृतन रेग्मीको नेतृत्वमा १ सय ३६ जना युवाहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिएका हुन् ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल, महासमिति सदस्य कमलकिशोर घिमिरे, निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि बद्रीकुमार खड्काले युवाहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए।

घोराही वडा नं. ५ मा १सय १० जना काङ्ग्रेसमा प्रवेश

दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ मा विभिन्न पार्टी परित्याग गरी १ सय १० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । आज शनिबार वडा नंं ५ मा आयोजित एक कार्यक्रमका बिच १ सय १० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस वडा नं. ५ का इकाइ सभापति विष्णुमणि दाहालको अध्यक्षता तथा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिेरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नव प्रवेशीहरुलाई शुभकामना प्रदान गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरु जिल्ला सभापति शंकरप्रसाद डाँगी, सचिव अर्जुन योगी लगायतले बधाइ तथा शुभकामना मन्तब्य राखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्