सकारात्मक सोच नै सफलताको सिंढी : घले – Kanika Khabar
Friday, April 26Nepali News Portal

सकारात्मक सोच नै सफलताको सिंढी : घले

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ ।
अन्र्तराष्ट्रिय मोटिभेसनल ब्रह्मकुमार राजु घलेले सकारात्मक सोचले नै मानिसलाइ सफलताको सिढी उकाल्ने बताएका छन् । सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूह दाङले अनलाइन भर्चुअल अन्र्तरक्रिया कार्यक्रममा उनले सकारात्मक सोंचले मात्र मानिसलाई सफलता दिलाउने बताएका हुन् ।
अहिलेको परिस्थितिमा कोरोनाले गर्दा मानिसमा धेरै नकारात्मक कुरा सोच्ने गरेको भन्दै त्यसलाई हटाउनु पर्ने बताएका थिए । मनमा सकारात्मक सोच लिएर अगाडि बढेमा हरेक कुरामा सफलता मिल्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी महामारीको समयमा नागरिकलाई सहजता वनाउन लागि परेको बताए । यसका लागि आफूहरु लागि परेको उनको भनाई रहेको थियो । कार्यक्रममा अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा सहभागिलाई धन्यावाद ज्ञापन नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सदस्य सदस्य प्रकाश गिरीले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको संस्थाका अभियन्ता गणेश न्यौपानले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्