ठाउँ, ठाउँमा भएको प्रर्दशन सरकारको असफलताप्रतिको असन्तुष्टि : काँग्रेस – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

ठाउँ, ठाउँमा भएको प्रर्दशन सरकारको असफलताप्रतिको असन्तुष्टि : काँग्रेस

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३१, दाङ ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले केही दिनयता देशका विभिन्न ठाउँंमा भइरहेका विरोध प्रदर्शनलाई सरकारको असफलता प्रतिको असन्तुष्टि भएको टिप्पणी गरेको छ । काँग्रेसले कोरोना विरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेकै कारण परिस्थिति जटिल बनी नागरिकमा आक्रोश जन्मिएको एक विज्ञप्तिमार्फत जनाएको हो ।
प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घच्यावटलाई ओली सरकारले समयमै बुझेको भए कोरोनाको संक्रमण यो रुपमा विस्तारित नहुने र यसरी जनआक्रोश बढ्ने अवस्था नआउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । काँग्रेसले प्रदर्शनमा अभिव्यक्त जनभावनालाई सम्बोधन गर्न र बल प्रयोग नगर्न पनि चेतावनी दिएको छ । पीसीआर परीक्षण व्यापक गर्न, स्वास्थ्य सामाग्री पर्याप्त व्यवस्था गर्न, क्वारेन्टाइनलाई मापदण्डयुक्त बनाउन, विदेशमा अफ्ठयारोमा रहेका नेपालीको यथाशिघ्र उद्धार गर्न कांग्रेसले युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्