निर्वाचन प्रणालीका कारण राजनीतिक दलहरू स्वार्थ समूहको चङ्गुलमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

निर्वाचन प्रणालीका कारण राजनीतिक दलहरू स्वार्थ समूहको चङ्गुलमा

    मा प्रकाशित

उषा तामाङ (सीआईएन)
पुस २७, काठमाडौं ।
निर्वाचन प्रणालीका कारण राजनीतिक दलहरूले स्वार्थ समूहसँग मिलेमतोमा काम गर्ने गरेको जानकारहरूले बताएका छन् । निर्वाचनका बेला विभिन्न स्वार्थ समूहले दल र नेताहरूलाई आर्थिक सहयोग गर्ने अनि विभिन्न स्वार्थ समूहले सक्रियता बढाउने उनीहरूको भनाइ छ । पछिल्लो समय चर्चामा रहेको बतास समूहले राजनीतिक दलकै कारण दर्जनभन्दा धेरै सार्वजनिकस्थल प्रयोगमा ल्याएको विवरण सार्वजनिक भएका छन् ।

एक जना विश्लेषक पुरुषोत्तम दहालले सबै दल यस्ता गैरजिम्मेवार व्यवहारमा लागेको टिप्पणी गर्नुभयो । सरकारले नारायणहिटी दरबार सङ्ग्राहलयभित्रको एउटा घर र घरले ओगटेको समेत गरी ६ आना जग्गा बतास समूहलाई दिएपनि १४ रोपनी जग्गामा संरचना बनाएको पाइएको थियो ।

सरकारले जाँचबुझका लागि बनाएको समितिले नारायणहिटी दरबार सङ्ग्राहलयकोे जग्गा ठेक्का प्रक्रियामा मिलेमतो भएको निष्कर्ष निकालेको समितिका संयोजक होमप्रसाद लुँइटेलले बताउनुभयो । यसअघि कोरोनाको पहिलो र दोस्रो लहरमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै ओम्नी समूहको आलोचना भएको थियो भने यति समूहलाई सरकारी जग्गा सस्तोमा दिइएको भन्दै ओली नेतृत्वको अघिल्लो सरकारले आलोचना सहनुपरेको थियो ।

नेतृत्ववलाई हातमा लिँदै सरकारका महत्वपूर्ण योजनाहरूको जिम्मा लिने यस्ता समूह अझै सक्रिय रहने अर्थविद अनलराज भट्टराईले बताउनुभयो । पूर्व गृहसचिव उमेश मैनालीले चुनावका बेलामा दलहरूले गर्ने खर्च र स्रोत व्यवस्थापनबाट स्वार्थ समूहले नेतृत्वलाई चलाउने बताउनुभयो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा लामो समयको अनुभव सङ्गाल्नुभएका पूर्व डीआईजी हेमन्त मल्लले राजनीतिको गलत अभ्यास नरोकिएसम्म यो क्रम निरन्तर चल्ने बताउनुभयो । पैसा र शक्ति केन्द्रको पहुँचमा रहेका व्यक्ति नै यस्ता स्वार्थ समूहमा देखिने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । मुलुकको महङ्गो निर्वाचन प्रणालीका कारण उनीहरू राजनीतिक दलमाथि हावी हुनु भनेकै सत्तामा पुगेपछि सोचे जस्तो निर्णय गराउँदै जानु हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्