‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि नवौं चरणका खेलहरु हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि नवौं चरणका खेलहरु हुँदै

    मा प्रकाशित

पुस ३०, काठमाडौँ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि नवौं चरणका खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज दुई खेलहरु हुनेछन् ।सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच दिउँसो १ बजे प्रतिस्पर्धाहुनेछ ।

 

८ खेलमा ७ अङ्क जोडेको एपीएफ लिगको दशौँ स्थानमा छ । यस्तै समान ८ खेलबाट ११ अङ्क जोडेको हिमालयनछैटौं स्थानमा छ । आजै दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र सातदोबाटो युथ क्लब अपरान्ह् पौने ५ बजे खेल्नेछन् । १९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको मनाङ् आज सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा छ । ९ अङ्क जोडेको सातदोबाटो आठौं स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्