लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : सरकार – Kanika Khabar
Friday, April 26Nepali News Portal

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : सरकार

    मा प्रकाशित

माघ २, काठमाडौँ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीको पूर्वमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो ।

आज मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुअघि उहाँले, सरकारले भारतलाई नेपाली भूभाग भएर जाने कुनै किसिमको एक पक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको दाबी पनि गर्नुभयो । मन्त्री कार्कीले नेपाल र भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार सीमाको विवाद सन्धि, सम्झौता, तथ्य र नक्साको आधारमा समाधान गर्नुपर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो हिजो भारतले फेरि आफ्नो धारणा सार्वजनिक गर्दै नेपालसँगको सीमा विवादबारे भारत सरकारको धारणा स्थिर र प्रष्ट भएको उल्लेख गरेको छ । नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा विवाद रहँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्