आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने, खोपकार्ड अनिवार्य – Kanika Khabar
Friday, April 26Nepali News Portal

आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने, खोपकार्ड अनिवार्य

    मा प्रकाशित

माघ ६, दाङ ।
आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा हिजो बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हवाई यात्रा गर्दा यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने, तापक्रम नापेर मात्रै यात्रा गर्न पाइने लगायतका विषयमा सहमति भएको बताउनुभयो ।

सरकारले कोरोना महामारीको जोखिम बढेपनि तत्काल आर्थिक गतिविधिमा प्रतिबन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेको छ । कोरोनाको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे हिजो अर्थ मन्त्री जनार्दन शर्माले निजी क्षेत्रसँग छलफल गर्नुभएको थियो ।

छलफलको क्रममामन्त्री शर्माले कोभिडको दोस्रो लहरपछि खुला भएको गतिविधिका कारण आर्थिक क्षेत्रमा उत्साहजनक चलायमान देखिएको भन्दै यसलाई कायम राख्नु पर्ने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्