राष्ट्रिय सभा निर्वाचनका लागि २० बुँदे मापदण्ड – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रिय सभा निर्वाचनका लागि २० बुँदे मापदण्ड

    मा प्रकाशित

माघ ६, काठमाडौँ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ ।

यही माघ १२ गते हुने निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड लागुगर्ने निर्णय गरेको हो ।

मापदण्डअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताहरूलाई प्राथिमकताका साथ छुट्टै लाइनमा राखेर मतदानको व्यवस्था गराइने छ । कोरोना सङ्क्रमितहरूले पन्जा, मास्क र फेस सिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने आयोगले बताएको छ । सङ्क्रमितहरूले मतदान गर्दा मतदानको कार्य केही समयका लागि स्थगित गरेर उनीहरूलाई मतदान गर्न दिने व्यवस्था मिलाइएको छ ।

सङ्क्रमितहरूले प्रयोग गरेका मतदान स्थलमा सामग्रीहरू निःसङ्क्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारु गर्ने, मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने, मतदानस्थल मास्क अनिवार्य व्यवस्था गर्ने मापदण्डमा उल्लेख छ ।

मतदानस्थलमा तापक्रम मापन गर्ने र दुई जना स्वास्थ्यकर्मीरहेको हेल्थ डेस्कको व्यवस्था गरिने, सामाजिक दूरी र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । मतदान सामग्रीहरूको अनिवार्य रुपमा निःसङ्क्रमण गर्नेुपर्ने स्वास्थ्य मापदण्डमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्