अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नै परीक्षा बोर्डले ग्रेडिङ गरी एसइइको प्रमाणपत्र दिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नै परीक्षा बोर्डले ग्रेडिङ गरी एसइइको प्रमाणपत्र दिने

    मा प्रकाशित

कनिका खबर

असार २, दाङ ।

सरकारले शैक्षिक सत्र २०७६ को एसइइ परीक्षा नलिने भएपछि यसको गुणस्तरीयताको बारेमा अहिले बहस चलेको छ । विद्यालय नै विद्यार्थीको लेजर तयार पारेर बुझाउने अनुमान गरिन थालेपछि गुणस्तरीयतामाथि प्रश्न उठ्न थालेको हो । यद्यपि सरकारले लेजर कसरी तयार पार्ने भन्ने विषयमा अझै निर्देशिका सार्वजनिक गरिसकेको छैन ।

यसैबिच सरकारले एसइइको परीक्षा नगराई प्रमाणपत्र दिने आफ्नो निर्णयमा वैधता र गुणस्तरीयतामा कुनै पनि सम्झौता नगरिने जनाएको छ । अन्तरराष्ट्रिय मापदण्डका आधारमा नै परीक्षा बोर्डले गे्रडिङ गरी प्रमाणपत्र दिने भएकाले यसमा कुनै शङ्का नगर्न सरकारले भनेको हो । त्यसका लागि सबै कार्यविधि बनाएर परीक्षा बोर्डलाई पठाइएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्डमा विद्यार्थीले प्राप्त गरेका अङक पठाउने मुख्य जिम्मेवारी विद्यालयमा कार्यरत शिक्षकलाई भएकाले शिक्षकहरुबाट कुनै पनि प्रकारको अनियमितता हुन्छ भन्ने सरकारले नसोचेको बताए ।

मन्त्रालयका प्रवक्ता शर्माले विद्यालयले पठाएको अङ्क, परीक्षा बोर्डले बनाएको प्रमाणपत्रलाई पुष्टि गर्नका लागि अर्को संयन्त्र स्थापना गरिने जानकारी दिए । ६ दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष एसइइ परीक्षा सञ्चालन नगरी विद्यार्थीले पाएको नम्बरका आधारमा प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्