वडा कार्यालय सिल – Kanika Khabar
Friday, April 26Nepali News Portal

वडा कार्यालय सिल

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।

घोराही उपमहानगरपालिका भित्रका विभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरु काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरु आउआज गरेका वडा कार्यालयमा सिल गरिएको छ ।

जसअनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालय सिल गरिएको छ, जहाँ संक्रमित स्वास्थ्यकर्मी बस्ने गरेका थिए । त्यस्तै वडा नम्बर ४ मा रहेको स्वास्थ्यचौकी पनि सिल गरिएको छ, जहाँ दुइ स्वास्थ्यकर्मी संक्रमित भएका थिए । त्यसैगरी वडा नम्बर २ को शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको कार्यालय पनि सिल गरिएको छ ।

भोलिदेखि संक्रमित स्वास्थ्यकर्मी र वडा नम्बर १७ तथा १८ का संक्रमितको परिवारको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । घोराही १७ का १७ र घोराही १८ का दुइ जना रिपोर्ट नआउँदै घरमा गएकाले कन्ट्रयाक्ट ट्रेसिङ गर्नु परेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्