सरस्वती युथ क्लब, ‘बी’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

सरस्वती युथ क्लब, ‘बी’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा

    मा प्रकाशित

चैत्र १, काठमाडौँ ।
सरस्वती युथ क्लब, सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । आज सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वती शिर्ष स्थानमा उक्लिएको हो ।

 

जितसँगै सरस्वतीको ५ खेलबाट ११ अंक भएको छ । सरस्वतीको जितमा सुनम धिमाल र कुमार डोंगले एक–एक गोल गर्नुभयो । मध्यपुरका लागिसजिन थापा मगरले एक गोल फर्काउनुभयो । चर्च ब्वाईज र श्री भगवती क्लबले समान १० अंक जोडेपनि दोस्रो र तेस्रो स्थानमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्