त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्ने – Kanika Khabar
Thursday, May 16Nepali News Portal

त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्ने

    मा प्रकाशित

चैत्र ४, दाङ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । एकदिवसीय क्रिकेटको पछिल्लो दुई खेलमा नेपाल युएईसँग पराजित भएको थियो । हालसम्म नेपाल र युएईले चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा दुवै टिमले दुई÷दुई खेल जितेका छन् ।

 

विश्वकप लिग–२ को१५ खेलमा आठमा जित र पाँच खेलमा हार बेहोरेको युएई अङ्क तालिकामा दोस्रो स्थानमा छ । युएईले दुई खेलमा भने अंक बाँडेको छ । त्यस्तै, अहिलेसम्म ९ एकदिवसीय खेल खेलेको नेपालले पाँचमा जित र चार खेलमा हार व्यहोरेको छ । अहिले नेपाल अंक तालिकाको सातौं स्थानमा छ । जारी सिरिजको सबै खेल जित्न सके नेपाललाई अंक तालिकाको फाइदा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्