कारागारबाट फरार कैदी पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

कारागारबाट फरार कैदी पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
असार ५, लमजुङ
लमजुङ कारागारबाट फरार भएका एक कैदीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा २०६९ पुस २२ गतेदेखि सजाय भोग्दै आएका बर्ष २७ का दिनेश परियारलाई बिहीबार बिहान ५ बजे पक्राउ गरिएको डीएसपी गंगाबहादुर थापाले बताउनुभयो ।

आफ्नै नेतृत्वमा रहेको टोलीले बेंसीशहर नगरपालिका–२ भकुण्डेमुनी मस्र्याङ्दी किनारबाट कैदी परियारलाई पक्राउ गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । बुधबार ४ बजेदेखि कारागारमा नरहेका उनलाई १३ घण्टामा प्रहरी पक्राउ गरेको हो ।

राइनास नगरपालिका १० कोकेगाउँ घर भएका परियारलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत लमजुङले २०६९ चैत १५ गते २० वर्षको कैद फैसला सुनाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्