स्थानीय तहको निर्वाचन आउन अब २७ दिन बाँकी, ७९ राजनितिक दलले भाग लिदै – Kanika Khabar
Sunday, May 5Nepali News Portal

स्थानीय तहको निर्वाचन आउन अब २७ दिन बाँकी, ७९ राजनितिक दलले भाग लिदै

    मा प्रकाशित

वैशाख ३, दाङ ।
स्थानीय तहको निर्वाचन आउन अब २७ दिन बाँकी रहदा चुनाबी माहोल बढ्दै गएको छ । टोलटोलमा चुनाबी चहल पहल र कार्यक्रमहरू बढिरहेका छन् ।

आउँदो निर्वाचनमा देशभरबाट ७९ राजनितिक दलले भाग लिदै छन् । चुनाबमा भाग लिने दल र उम्मेद्वारले घरदैलो कार्यक्रम गर्ने , गाउँटोलमा कार्यक्रम गर्ने तथा मतदाता आकर्षित गर्ने काम गरिरहेका छन् ।

सत्ता गठबन्धनमा चुनाबी तालमेलको लागि स्थानीय स्तरमा नै छलफल चलिरहदा नेकपा एमाले पनि राप्रपा लगाएतका दलहरूसँग तालमेलमा रहेको छ । अहिले दल र आकांक्षीहरू भोट माग्नको लागि टोल टोलमा जाने क्रम चलिरहेको छ ।

राजनितिक दलले घोषणा पत्र लेख्ने तथा कतिपयले जारी गर्ने क्रम पनि सुरू भएको छ । दलका सबै नेताले आगामी निर्वाचनमा आफू पहिलो पार्टी बन्ने र अरूलाइ हराउने दाबी गर्ने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्