गाेरखा घाेराहीका कक्षा १० का विद्यार्थीलाई विदाई – Kanika Khabar
Sunday, May 5Nepali News Portal

गाेरखा घाेराहीका कक्षा १० का विद्यार्थीलाई विदाई

    मा प्रकाशित

वैशाख ४, दाङ ।

दाङकाे घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरिएकाे छ । यही वैशाख ९ गतेदेखि सञ्चालन हुन थालेकाे एसइइ परीक्षामा सहभागी हुन थालेका कक्षा १० का विद्यार्थीलाई आज आइतबार विद्यालयले एक कार्यक्रमका बिच विदाई गरेकाे हाे ।

विद्यालयका प्रिन्सिपल मानसिं घर्तीकाे अध्यक्षता तथा गाेरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीकाे प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि केसीले आफूले सिकेकाे सीपलाई शैक्षिक प्रमाणपत्रका लागि मात्र नभई जीवनाेपयाेगी बनाउन विद्यार्थीलाई आग्रह गरेका थिए । केसीले अबकाे शिक्षा संस्कार र संस्कृतिसँग जाेडिन आवश्यक रहेकाे बताउँदै स्वराेजगारमूलक हुन पनि जरूरी रहेकाे बताए ।

कार्यक्रममा गाेरखा ग्रुपका मानव स्राेत प्रमुख उत्तम घिमिरे, विज्ञान संकायका काेअर्डिनेटर बामदेव पाेख्रेल, व्यवस्थापन संकायका प्रमुख एमबी केसी तथा विद्यार्थीहरू उत्सव घिमिरे र शुभेच्छा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

यश वर्ष विद्यालयबाट १७६ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी हुँदै छन् ।

माध्यमिक तहका काेअर्डिनेटर लाेकबहादुर बुढाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण नेपाली विभाग प्रमुख तथा शिक्षक भीमप्रसाद वेल्वासेले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्