घाेराही नगर प्याब्सनकाे प्रअ भेला सम्पन्न – Kanika Khabar
Friday, April 26Nepali News Portal

घाेराही नगर प्याब्सनकाे प्रअ भेला सम्पन्न

    मा प्रकाशित

वैशाख ५, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगरले प्रअ भेला सम्पन्न गरेकाे छ ।

आज आइतबार दाङकाे खैरास्थित पराेपकार इङलिस बाेर्डिङ स्कुलमा घाेराही उपमहानगरपालिका अन्तर्गतका प्याब्सनमा आवद्ध विद्यालयहरूका प्रअहरूकाे सहभागितामा भेला सम्पन्न भएकाे हाे ।

भेलाले शैक्षिक सत्र २०७८का वार्षिक परीक्षा तथा नयाँ शैक्षिक सत्रकाबारेमा छलफल गरिएको थियाे ।

नयाँ शैक्षिक सत्रकाे भर्ना अभियान, विद्यालय यातायात सञ्चालन, विद्यार्थी स्थानान्तरणका विषयमा छलफल गरिएकाे थियाे । साथै विद्यालय भर्ना आचारसंहिता निर्माण गरी भर्ना अवधिमा अनुगमन गर्ने गरिने भएकाे छ ।

कार्यक्रममा प्याब्सनका राष्ट्रिय सचिव यादव गिरी, पूर्व राष्ट्रिय सदस्य तथा प्याब्सन लुम्बिनी प्रदेशका निवर्तमान सल्लाहकार जीवन कुमार आचार्य,निवर्तमान राष्ट्रिय सदस्य केशव थापा, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीलगायले मन्तव्य राखेका थिए । 

नगर अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा केन्द्रीय निवर्तमान सल्लाहकार नारायणप्रसाद अधिकारीकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे थियाे । भेलामा सदस्य सारिका ठकुरीले धन्यवाद ज्ञापन गरेकी थिइन । नगर उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्