चुनावी विकास : चार वर्ष आलटाल, चुनाव आयो फटाफट – Kanika Khabar
Friday, April 26Nepali News Portal

चुनावी विकास : चार वर्ष आलटाल, चुनाव आयो फटाफट

    मा प्रकाशित
तस्बीर विर बहादुर खत्री (बिरु) को फेसबुक वालबाट

गिरीराज नेपाली
वैशाख १७, दाङ ।
स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्र बाँकी रहेको छ । चुनावी सरगर्मीले गाउँगाउँसम्म तताएको छ । एकातिर उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन् । केही नयाँ अनुहार त केही पुराना (दोहोरिएका) अनहार भोट माग्न घरघरमा पुग्ने गरेका छन् ।

नयाँ अनुहारका उम्मेदवार आफ्ना एजेन्डासहित चुनावी मैदानमा छन् भने पुराना अनुहारले एजेन्डा मात्र बोकेका छैनन् बितेका चार वर्षसम्म थाँती रहेका विकास काम पनि चलायमान गराइएका छन् । यतिबेला ‘चुनावी बिकासे’ ले तीव्र रुप लिएको छ र दिन रात नभनी विकासका कामलाई नाटकीय ढङ्गबाट गतिशील बनाइएको छ ।

दाङको घोराही उपहानगरपालिकाको मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपाने नेतृत्व समालेको चार वर्ष पुरा पुगिसकेको छ । तर उपहानगरपालिकाको चारवर्ष विकास योजनाको काम अधिकांश आलटालमै बित्यो । जब आगामी निर्वाचनको रौनकले चारैतिर ततायो तब घोराही बजारदेखि गाउँसम्मका विकास निर्माणको योजनाहरु धमाधम बन्न थाले ।

घोराही उपमहानगरपालिका –१५ निवासी उपकार रावतले भन्नुभयो–‘चार वर्षसम्म नबनेका सडक महिना दिनमै बने ।’ अहिले घोराही बजारभित्रका केही सडक, चोकहरु मर्मतसम्भार तथा खाल्डाखुल्डी पुर्ने काम उपमहानगरपालिकाले तीव्र रुपमा गरिरहेको छ । तर त्यसले नगरवासीको मन जित्न सकेको छैन । रावतले थप्नुभयो–‘बजारभित्रका धेरै सडक अलपत्र छन । दुईचारवटा सडक कालो गराउने काम फटाफट भएको छ । ’ जसका कारण उपमहानगरपालिका अपरिपक्व काम देखाउँदै नेकपा एमालेले भोटको खेती गरिरहेको बताउनुभयो । तर यस्तो काम गरी जनताको आँखामा छोप्ने काम गर्दा जनतामा न्यायभन्दा पनि अन्याय थपेको उहाँको भनाई छ ।

अहिले चुनावी विकासे काम तीव्र रुपमा अगाडि बढेका छन् । चुनावको सँघारमा आएर हुने यस्ता कार्य विकासका नाममा भोट सङ्कलन हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्