मा प्रकाशित
कनिका खबर
असार ६,काठमाडौँ ।
अंगीकृत नागरिकताको बारेमा छलफल चलिरहेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो धारणा प्रष्ट पारेको छ । यस विषयमा नेकपाले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको हो ।
आज शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।