अस्पतालमा हप्ताको दुई दिन विदा दिने प्रावधान उपयुक्त नभएको विज्ञहरूको भनाइ – Kanika Khabar
Friday, April 26Nepali News Portal

अस्पतालमा हप्ताको दुई दिन विदा दिने प्रावधान उपयुक्त नभएको विज्ञहरूको भनाइ

    मा प्रकाशित

वैशाख २४, काठमाडौँ ।
सरकारले साताको दुई दिन सार्वजनिक विदा दिने विषय स्वास्थ्य क्षेत्रका लागि उचित नहुने विज्ञहरूले बताएका छन् । आगामी जेठदेखि साताको दुई दिन शनिवार र आइतवार बिदा दिने सरकारले निर्णय गरे पनि त्यो स्वास्थ्य संस्थामा लागू हुँदा सेवाग्राहीलाई समस्या हुने देखिएको छ ।

पूर्व स्वास्थ्य सचिव डा.किरण रेग्मीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दुई दिन विदा दिने व्यवस्था लागू गर्नु उचित नहुने बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीका लागि विदा भन्ने कहिल्यै नहुने भएकाले त्यसलाई उचित तरिकाले सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले काम गरे वापत उनीहरूको एक दिन बराबरको तलबको व्यवस्था गरेर सरकारले उनीहरूको श्रमको सम्मान गर्नुपर्ने उहाँको धारणा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णय अनुसार दुई दिन सार्वजनिक बिदा दिने तयारी गरिरहँदा त्यसो गर्नु जनताको स्वास्थ्यसँग खेलबाड गर्नु रहेको पनि डा.रेग्मीको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्