नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

    मा प्रकाशित

 वैशाख २९, दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।

स्थानीय निर्वाचनको ठिक एक दिन अघि उनलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ।

चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएर नेकपा बहुमतका संयोजक भएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्