आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    मा प्रकाशित

जेठ १०, काठमाडौँ ।

आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाटसङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र लोकप्रिय कार्यक्रमहरूमा बढी केन्द्रीत हुने भएको छ । यही नीति तथा कार्यक्रमका आधारमा आगामी १५ जेठमा बजेट संसदमा पेश हुनेछ । नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, कृषि र उद्योग प्रर्वद्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले सम्बोधन गर्ने तयारी छ ।

अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने, आगामी आर्थिक वर्षमा साधाराण (चालु) खर्चमा २० प्रतिशतसम्म कटौती गर्ने तयारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्