स्थानीय तहमा ३ सय ७३ जना स्वतन्त्र उम्मेदवार विजयी – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

स्थानीय तहमा ३ सय ७३ जना स्वतन्त्र उम्मेदवार विजयी

    मा प्रकाशित

जेठ १०, काठमाडौँ ।
स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म सार्वजनिक भएको निर्वाचित जनप्रतिनिधि मध्य देशभर ३ सय ७३ जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको हालसम्म निर्वाचित ३३ हजार ८ सय ५८ जना जनप्रतिनिधिको सूचीमा ३ सय ७३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

 

सबैभन्दा धेरै कर्णाली प्रदेशमा ६८ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् भने सुदूरपश्चिम प्रदेशमा ६७ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएकाहरूले राजनीतिक दलबाट आउनेहरूको भन्दा फरक ढङ्गबाट काम गर्ने बताइरहेका छन् ।

 

प्रदेश १ मा ६५, गण्डकीमा ५३, मधेश प्रदेशमा ४९, लुम्बिनीमा ३६ र बागमतिमा ३५ जना स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयेगले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्