कालिकोटमा लेखा समुह गठन – Kanika Khabar
Friday, April 26Nepali News Portal

कालिकोटमा लेखा समुह गठन

    मा प्रकाशित

कनिका संवाददाता
असार ६, कालिकोट
कालिकोटमा संघ, प्रदेश र स्थानीय तहका लेखा समुहका कर्मचारीको लेखा समुह गठन भएको छ । तिलक सोमैको अध्यक्षतामा लेखा समुह गठन भएको हो । खगेन्द्र बहादुर थापा उपाध्यक्ष, पुर्णचन्द्र काफ्ले सचिव ,मान बहादुर बुढा कोषाध्यक्ष र युवराज महतारा सह–सचिव गरी ११ सदस्यीय लेखा समुह गठन गरिएको हो ।

कालिकोटका सरकारी कार्यालय र स्थानीय तहका गरी हाल ३० जना लेखा समुहका कर्मचारी रहेको लेखा समुह गठन गरिएको सचिव पुर्णचन्द्र काफ्ले बताउनुभयो । काफ्लेका अनुसार प्रत्येक कार्यालयका लेखाका कर्मचारीहरुलाई कुनै समस्या परे लेखा सुमहले समाधान गर्ने छ । लेखालाई परिवर्तनकारी र राम्रो बनाउने तथा लेखाका कर्मचारीहरुलाई एकताबद्ध गराएर लिने समुहको मुख्य उदेश्य रहेको अध्यक्ष तिलक सोमैले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्