काङ्ग्रेस केन्द्रीय सदस्य गिरीद्वारा धन्यबाद ज्ञापन – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेस केन्द्रीय सदस्य गिरीद्वारा धन्यबाद ज्ञापन

    मा प्रकाशित

दाङ, जेठ १४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले सम्पूर्ण मतदाता लगाएत निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यबाद दिएका छन् ।

शनिबार बिहान तुलसीपुरस्थित एकान्त होटेलमा तुलसीपुरमा उपलब्ध नेपाल प्रेस युनियनका पदाधिकारी र पत्रकारहरु संग निर्वाचन समिक्षा कार्यक्रमको आयोजना गरि पूर्व माननिय समेत रहेका गिरीले लोकतन्त्रलाई मतबुत बनाउन निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा जित हार सामान्ने प्रक्रिया रहेको बताए ।

निर्वाचन मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन भूमिका खेल्ने प्रहरी प्रशासन, निर्वाचनमा खटिएका कर्मचारी, मतदान अधिकृत, पत्रकार तथा आम मतदातालाई लोकतान्त्रिक पद्यति अनुशरण गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै नेता गिरीले धन्यबाद ज्ञापन गरेका हुन ।

‘ मेरो ब्यक्तिगत हारजित होइन,’ नेता गिरीले भने ‘ यो हार गेहेन्द्र गिरी एक्लैको होइन समग्र पार्टी र गठबन्धनकै हार हो ।’
नेता गिरीले पत्रकारलाई स्थानीय सरकारका क्रियाकलाप प्रति चनाखो भएर राम्रो कामको प्रशंसा र गलत कामको भण्डाफोर गर्न तर्फ लाग्न आग्रह गरे ।


छलफलमा नेकपा माओबादी केन्द्रले बैज्ञानिक घात गरेको र नेपाली काँग्रेसकै नेताहरुको वडामा काँग्रेस पराजित हुनु पर्दा दुःख लागेको नेता गिरीले बताएका थिए ।

‘मलाई यो पार्टीको होइन र गेहेन्द्र गिरीको मात्रै चुनाब हो कि, भन्ने जस्तो भान भयो,’ नेता गिरीले भने ‘ यस्तै अवस्था रह्यो भने आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारले निर्वाचन कसरी फेस गर्न सक्छन् ?’

पार्टीका केही जिम्मेवार नेताहरु इमान्दारिपूर्वक उम्मेदवारको पक्षमा माहोल बनाउन ध्यान केन्द्रित गर्न नसकेको जस्ता कारणले निर्वाचनमा पराजय भोग्नु परेको कुरा सहभागिहरुले उठाएका थिए ।

निर्वाचन परिनाम आउनु भन्दा केहीदिन पहिलेदेखि नै नेता गिरी आँखाको समस्याका कारण उपचार पछि चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य लाभ गरिरहेका थिए ।

नेता गिरीले नेकपा एमालेबाट मेयरमा निर्वाचित टीकाराम खड्का लगाएतका केही पदाधिकारीलाई फोन मार्फत धन्यबाद ज्ञापन गरेको भएपनि फेरि एक पटक कार्यकक्षमै पुगेर बधाइ तथा धन्यबाद दिने जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्