कसैले राजीनामा माग्दैमा राजीनामा दिइदैन : अर्थमन्त्री शर्मा – Kanika Khabar
Friday, April 26Nepali News Portal

कसैले राजीनामा माग्दैमा राजीनामा दिइदैन : अर्थमन्त्री शर्मा

    मा प्रकाशित

असार १३, काठमाडौँ ।
अर्थमन्त्री जनार्दन शर्माले सबैको सुझाबको आधारमा बजेट निर्माण गरेको भन्दै बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको जवाफ दिनुभएको छ । राष्ट्रियसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले करका दर बढाउँदा देश र जनतालाई हित गरे नगरेको हेर्ने, उद्योगलाई परेको असरबारेमा थाहा पाउनर करको दर घटबढ गर्ने अधिकार अर्थमन्त्रीको रहेको दाबी गर्नुभयो ।

सबै वर्गको सुझावका आधारमा बजेट प्रस्तुत गरिएको उहाँको दावी छ । कसैले राजीनामा माग्दैमा आफूले नदिने पनि उहाँले बताउनुभएको छ । बजेट देश र जनताको पक्षमा ल्याएको दाबी गर्दै उहाँले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यहीं गर्नुपर्छ भन्ने नभएको टिप्पणी गर्नुभयो ।

बजेटमा कृषि क्षेत्रको रुपान्तरण गर्ने विषय समेटिएको उहाँको भनाइ रहेको छ । चालु आर्थिक वर्षमा हालसम्म ३ खर्ब ५८ अर्बको खाद्यान्न आयात भएको बताउँदै उहाँले यसलाई प्रतिस्थापन गर्नेगरी बजेटमा विभिन्न उद्योगका लागि कच्चा पदार्थमा छुट दिइएको जानकारी गराउनुभयो ।

बजेटले बिजुली गाडीलाई प्रोत्साहन गर्न खोजिएको र डलरको मूल्यवृद्धि र पेट्रोलको मूल्यवृद्धिले मुद्रा सञ्चिति घटेको उहाँको भनाइ थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्