जग्गा धितो राखेर ऋण लिन रोक नलगाएको दाबी – Kanika Khabar
Friday, April 26Nepali News Portal

जग्गा धितो राखेर ऋण लिन रोक नलगाएको दाबी

    मा प्रकाशित

असार १३, काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राखेर ऋण लिन रोक नलगाएको दाबी गर्नुभएको छ ।

 

आज राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सांसदहरूले राखेको जिज्ञासको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठलेसरकारले धितो राख्न रोक लगाएको नभइ स्थानीय तहबाट जग्गाको वर्गीकरण भए पछि मात्र कित्ताकाट र धितो राखी ऋण लिन पाउने व्यवस्था गरेको बताउनुभयो ।

हाललाई जग्गाको किसिम, कृषि क्षेत्र हो वा गैर कृषि क्षेत्र, जस्ता विषयवस्तु खुलाए पुग्ने व्यवस्था गरेको उहाँको भनाइ थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्