आगामी निर्वाचनमा कैदीबन्दीलाई पनि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न सर्बोच्चको अन्तरिम आदेश – Kanika Khabar
Friday, April 26Nepali News Portal

आगामी निर्वाचनमा कैदीबन्दीलाई पनि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न सर्बोच्चको अन्तरिम आदेश

    मा प्रकाशित

असार १३, काठमाडौँ ।
आगामी प्रतिनिधिसभा निर्वाचनमासमानुपातिकतर्फ बाट कैदीबन्दीलाई पनि मत हाल्ने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो ।

 

उनीहरूले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै रिट दायर गरेका थिए । लोकतन्त्रसँग जोडिएको गम्भिर सार्वजनिक विषयमा तत्काल केही नगरे नेपाली जनताले संघर्षबाट प्राप्त लोकतन्त्र नै अर्थहिन भई अपूरणीय क्षति हुने दाबीसहित आफूहरुले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्न, मतदाता नामावलीमा उनीहरुको नाम समावेश गर्न र उनीहरूको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउन रिट दायर गरेको उनीहरूको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्