वर्षामा सम्भावित जोखिममा : उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न सरकारको निर्देशन – Kanika Khabar
Friday, April 26Nepali News Portal

वर्षामा सम्भावित जोखिममा : उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न सरकारको निर्देशन

    मा प्रकाशित

असार १६, काठमाडौँ ।
सरकारले भारी वर्षासँगै हुन सक्ने सम्भावित विपद्को घटना न्यूनीकरणसँगै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।तराई–मधेसमा डुबान र पहाडी क्षेत्रमा बाढीपहिरो जाने क्रम शुरू भएसँगै सम्भावित विपद्को पूर्वअनुमानअनुसार ती क्षेत्रका नागरिकको सुरक्षाका लागि गृह मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपद् कार्ययोजना बनाएर देशभर नै आफू मातहतका निकायलाई परिचालन गरेको छ ।विपद् हुनसक्ने सम्भावित बस्तीको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काममा तीनवटै सुरक्षा निकायले समन्वय गरेर काम शुरू गरेको बताएका छन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले मनसुन शुरू भएको अवस्थामा देशभर रहेका सैनिक युनिटलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले देशको चारवटै कमान्ड र ७७ जिल्लामा सूचना सङ्कलनलाई व्यवस्थित बनाइएको जानकारी दिँदै सोहीअनुरूप नेपाली सेना परिचालन हुने बताउनुभयो ।

प्रवक्ता सिलवालले उद्धार कार्यका लागि आवश्यक जनशक्ति र हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सम्भावित विपद्को खोज तथा उद्धारका लागि देशभरका प्रहरीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।उहाँले केन्द्रीय विपद् महाशाखामा प्रहरी तयारी अवस्थामा राखेको बताउँदै सातवटै प्रदेश र ७७ जिल्लाका सबै युनिट तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

आपत्कालीन अवस्थामा भएको जनशक्तिलाई अधिकतम परिचालन गरिने र सकेसम्म सम्भावित जोखिमको बस्ती पहिचान गरेर त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम पनि शुरू भएको उहाँको भनाइ छ ।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि बाढी पहिरो जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी उक्त क्षेत्रको आसपासमा रहेका युनिटहरूलाई २४ सै घण्टा परिचालन गर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्