विद्यार्थीलाई नैतिक शिक्षा सिकाउँदै हाम्रा पहुँच मावि – Kanika Khabar
Friday, April 26Nepali News Portal

विद्यार्थीलाई नैतिक शिक्षा सिकाउँदै हाम्रा पहुँच मावि

    मा प्रकाशित

तुलसीपुर, १८ असार ।

बालबालिकालाई विभिन्न गलत क्रियाकलापबाट जोगाउन हाम्रो पहुँच माध्यमिक विद्यालयले विद्यार्थीलार्ई लागुऔषधि दुव्र्यसन, साइबर अपराध र बालबालिकको असरबारे प्रशिक्षण गरेको छ ।

 

तुलसीपुर–७ मा रहेको विद्यालयले कक्षा ९ र १० का विद्यार्थीहरुलाई लागुऔषधको दुव्र्यसनले पु¥याउने दिर्घकालिन असर, साइबर क्राइम रोक्न सामाजिक संजालतको गलत प्रयोग र बालविवाह न्युनिकरणबारे प्रशिक्षण गरेको हो ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले प्रशिक्षण दिनुहुँदै लागुऔषध दुव्र्यसनी, बालविवाह र साइबर अपराधलाई कानुनले बन्देज गरेकाले यसबाट विद्यार्थीमात्र नभई सबै सचेत हुनुपर्ने बताउनुभयो ।

 

उहाँले बढ्दो सुचना प्रविधिको विकास संगै बालबालिका विभिन्न कुलतमा लाग्न थालेकाले अभिभावक र शिक्षक दुवैको निगरानी आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय अपराधका घटना बढ्दै जानुले पनि लागुऔषधि दुव्र्यसनको असार भएको बताउनुभयो ।

 

विद्यालयले विद्यालय शिक्षासंगै बालबालिकालाई गलत कामबाट जोगाउन नैतिक शिक्षाबारे प्रशिक्षण गरेको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिनुभयो ।

 

उहाँले असल बालबालिका निर्माणमा विद्यालय सधैँ जागा रहेको बताउँदै अभिभावक पनि चनाखो हुनुपर्ने बताउनुभयो । भोलिको सुन्दर समाज निर्माणका लागि आजका बालबालिका नैतिकवान हुन आवश्यक रहेको उहाँको भनाई छ ।

 

विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखतबहादुर शाहीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको हो ।

 

कल्यानकारिणी अधिकृत तिलक कालाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्