एसिया हाप्किडाे च्याम्पियनसिपको पहिलो दिन नेपाललाई एक स्वर्ण र दुई काश्य पदक – Kanika Khabar
Friday, April 26Nepali News Portal

एसिया हाप्किडाे च्याम्पियनसिपको पहिलो दिन नेपाललाई एक स्वर्ण र दुई काश्य पदक

    मा प्रकाशित

दाङ,१८ असार ।

एसिया हाप्किडाे च्याम्पियनसिप-२०२२ को पहिलो दिन भएका खेलमा नेपालले एक स्वर्णसहित दुई काश्य पदक जितेको छ ।

उज्बेकिस्तानको फर्गानामा १ जुलाईदेखि २ जुलाई आजसम्मलाई आयोजना भैरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा सहभागी नेपाली प्रतिस्पर्धी खेलाडी मध्य महिलातर्फ विजयाकुमारी वाइबाले स्वर्ण जितेकी हुन । त्यसैगरी पुरुष तौल समूहतर्फ प्रबिन गुरुङ र गुमान घर्तीमगरले काश्य पदक जितेका हुन् ।

महिला खेलाडी विजयाकुमारी वाइबाले ५० देखि ५५ तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी छिन् । त्यसैगरी पुरुष तौल समूहतर्फ ७० देखि ७५ तौल समूहमा प्रवीण गुरुङले कास्य पदक र ६० देखि ६५ तौल समूहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन ।

आज शनिबार महिलातर्फ ४५ देखि ५० तौल समूहमा कृती गिरीले प्रतिस्पर्धा गर्दैछिन । २९ जुनदेखि ३ जुलाईसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाल मार्शल आर्ट्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली मंगलवार उज्जेकिस्तान प्रस्थान गरेको थियो ।

टिमकाे प्रशिक्षकमा भुवन बुढा मगर छन् । प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्