दाङमा नक्कली पेस्तोलसहित एक जना पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा नक्कली पेस्तोलसहित एक जना पक्राउ

    मा प्रकाशित

असार १९, दाङ ।
दाङमा नक्कली पेस्तोलसहित एक जना पक्राउ परेका छन् । जिल्लाको तुलसीपुरमा नक्कली पेस्तोल देखाएर स्थानीयलाई तर्साउँदै आएका एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी २० बर्षीय मिलन मगर रहेका छन् ।

आइतबार बेलुका साढे ५ बजेतिर नक्कली पेस्तोल देखाएर तर्साउनेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । तुलसीपुर ५ स्थित केराबारी रेस्टुरेन्ट नजिकबाट पक्राउ परेका हुन् ।

उनले उक्त नक्कली पेस्तोल कम्मरमा च्यापी स्थानियलाई तर्साइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिगएको प्रहरी निरीक्षक बखत बहादुर शाहीसहित खटिगएको प्रहरी टोलीले कम्मरमा च्यापी रहेको अवस्थामा बरामद गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्