एमालेले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

एमालेले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

    मा प्रकाशित

असार १९, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रशिक्षण कार्यक्रमका लागि जिम्मेवारी पनि तोकिएको छ । आज आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि सातै प्रदेशमा जिम्मेवारी तोकेको हो ।

प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्