तत्कालीन नेकपाका बहुमत सदस्यहरु बिच समसामयिक राजनीतिक विषयमा छलफल – Kanika Khabar
Friday, April 26Nepali News Portal

तत्कालीन नेकपाका बहुमत सदस्यहरु बिच समसामयिक राजनीतिक विषयमा छलफल

    मा प्रकाशित

असार १९, काठमाडौँ ।
कम्युनिस्ट नेता वामदेव गौतमले वाम एकताको प्रयास गरिरहेका बेला आफैले घोषणा गरेको पार्टीबाट निष्कासित गरिएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ ।

तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आज आइतबार भेटवार्ता भएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक गरेकी हुन् । स्रोतले बताए अनुसार उनीहरुको हात्तीवन स्थित एक अपार्टमेन्टमा भेटवार्ता भएको हो ।

भेटका क्रममा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन बारे छलफल भएको बताइएको छ । यसप्रकारको छलफललाई निरन्तरता दिने पनि उनीहरुका बिच समझदारीसमेत बनेको स्रोतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्