नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्टको उपप्रजाति भेटिएको पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्टको उपप्रजाति भेटिएको पुष्टि

    मा प्रकाशित

असार २०, दाङ ।
नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए डट फाइभ’ पुष्टि भएको छ। ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए डट फाइभ’ नेपालमा पहिलोपटक पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) बाट ओमिक्रोनको उपप्रजाति ‘बीए डट फाइभ’ पुष्टि भएको धुलिखेल अस्पताल प्रयोगशालाका डा.दिपेश ताम्राकारले सीआईएनसँग बताउनुभयो । सरकारले पनि नेपालमा ओमिक्रोनको उपप्रजाति पुष्टि भएको बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले गत मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएकाहरूको जिन सिक्वेन्सिङ गर्दा नयाँ उपप्रजाति फेला परेको बताउनुभयो । उहाँले मङ्गलवार जिन सिक्वेन्सिङ गरिएका एकजनामा उपप्रजाति बीए डट फाइभ हिजो मात्रै पुष्टि भएको भन्दै यस विषयमा थप अध्ययन भइरहेको जानकारी दिनुभयो ।

हालका लागि यो कति खतरनाक छ भनेर अहिले नै भनिसक्ने अवस्था नरहे पनि यो बढी सङ्क्रामक हुन सक्ने उहाँको भनाइ छ । सङ्क्रमण पुष्टि भएका व्यक्ति कहाँका हुन् र उनको यात्रा अभिलेख के थियो ?भन्ने बारेमा खुलाइएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्