ऋतुको ‘वसन्त ऋतु’ को समीक्षा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

ऋतुको ‘वसन्त ऋतु’ को समीक्षा

    मा प्रकाशित

May be an image of 11 people, people sitting, people standing and indoorअसार ३२, दाङ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८४औँ श्रृङ्खलामा गजलकार मनीषा गिरी ऋतुको वसन्त ऋतु गजलसङ्ग्रहको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
राप्ती साहित्य परिषद् का केन्द्रीय अध्यक्ष टिकाराम उदासीले ूवसन्त ऋतुू गजल सङ्ग्रहको समीक्षा गर्नु भएको थियो भने सो गजल सङ्ग्रहका गजलकार मनीषा गिरी ऋतुले आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा परिषदका केन्द्रीय कोषाध्यक्ष डा. खेमराज मल्ललाई बधाई एवम् सम्मान गरिएको छ । मल्लले गणित विषयमा बिद्यावारिधि गरेको भन्दै परिषद् जिल्ला शाखा दाङले दोसल्ला, खादा, अबिर लगाई बधाई तथा सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा राप्ती साहित्य परिषद् का वरिष्ठ उपाध्यक्ष एवम् जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देवकोटा, पुर्व अध्यक्ष डा. लोकराज पराजुली, सल्लाहकार नगेन्द्र गुरु, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, साहित्यकारहरू डा. हिमलाल पन्थी, धनसिङ गिरी, देवेन्द्र रिजाल, दामोदर पौडेल, गोपाल भुषाल अभिलाषी, गुरूप्रसाद महरा, सन्ध्या रेग्मी, आशा न्यौपाने, खेमराज गाँउले, संगीता उपाध्याय, रमा नेपाली, तिर्थराज चौधरी, दिलिप पुन मगर, वसन्ती वली, बिक्रम वली, मनोज थापा सष्टाको आमा कमला गिरीलगायतको उपस्थिति रहेको थियोे ।
समीक्षा कार्यक्रममा वसन्त ऋतु गजलसङ्ग्रहको समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले गजलकार मनीषा गिरी ऋतुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सदस्य विना रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन परिषद् जिल्ला शाखा दाङका कोषाध्यक्ष यम रेग्मीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्